ad ad

राजनीति


टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न प्रचण्ड–देउवाको प्रस्ताव, ओलीले गरे अस्वीकार

टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न प्रचण्ड–देउवाको प्रस्ताव, ओलीले गरे अस्वीकार

नेपालखबर
चैत २५, २०७९ शनिबार १८:३८, काठमाडौँ

संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्न सत्तापक्षले विपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेको छ। 

शनिबार दिउँसो सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको शीर्ष तीन दलका नेताहरूको छलफल भएको थियो।

छलफलमा सहभागी भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न आग्रह गरेका थिए। 

तर, ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गरेका छन्। 

सभामुखसहित तीन शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी २८ गते बिहान ९ बजे बैठक बसेर टुंग्याउने सहमति भएको बताए। 

‘सभामुखजीले दुईजना साथीहरुलाई बोलाउनुभयो। खासगरी टीआरसी, संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भनेर छलफल भयो। सहमति जुटाउन सैद्धान्तिक रुपमा हामी सहमत नै छौं। तर टेक्निकल पाटो छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नियमावली पास भएको छ। यो सबैबारे यो क्षेत्रमा काम गरेका साथीहरुसमेत बसेर २८ गते बिहान बसेर टुंग्याउने भन्ने भएको छ।’

प्रधानमन्त्री प्रचण्डले आफूहरुले फास्ट ट्र्याकबाटै टुंग्याउन ओलीलाई आग्रह गरेको पनि बताए। 

‘हाम्रो कुरा फुल हाउसबाटै, फास्ट ट्याकबाटै गरौं भन्ने छ। प्रतिपक्षीले संसदीय समितिमा लैजाऔं भन्नुभएको छ। यसमा बीचको बाटो खोज्ने कि भन्ने भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .