जनरल कासिम सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा २२ वटा मिसाइल प्रहार गरेको छ।
इराकी सेनाले वक्तव्य जारी गर्दै इरानले अनवर प्रान्तमा रहेको अल असद सैन्य शिविरमा १७ र इरबिलमा ५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।
अल असदमा प्रहार गरिएको १७ मध्ये २ वटा क्षेप्यास्त्र विस्फोट नभएको इराकी सेनाको भनाइ छ।
स्थानीय समयअनुसार बुधबार बिहानै पौने २ देखि सवा २ बजेसम्म सो आक्रमण भएको जनाइएको छ।
आक्रमणबाट कोही पनि इराकीलाई केही क्षति नपुगेको इराकको भनाइ छ। अमेरिकातर्फ कति क्षति भयो, त्यसको कुने जानकारी दिइएको छैन।
आक्रमण हुनसक्ने चेतावनी पहिले नै अमेरिकी सेनाले पाइसकेको जनाइएको छ। एजेन्सी
प्रतिक्रिया