ad ad

राजनीति


यसकारण रास्वपाले फिर्ता गर्‍यो सरकारलाई दिएको समर्थन

यसकारण रास्वपाले फिर्ता गर्‍यो सरकारलाई दिएको समर्थन

शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक। तस्बिर : रास्वपा।


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार २०:२८, काठमाडौँ

सत्ता गठबन्धनले सम्मानजनक हिसाब नगरेको, मन्त्रालय विस्तार गरेको लगायतका कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समिती र संसदीय दलको संयुक्त बैठकले सो निष्कर्ष निकालेको हो।

‘सम्मानजनक हिसाब गरिएन, सरकारमा आउन प्रधानमन्त्रीले आह्वान गर्नुभयो तर, व्यवहारिक रुपमा मन्त्रीपरिषद् बिस्तार गरिहाल्नुभयो,’ रास्वपाका एक नेताले नेपालखबरसँग भने, ‘नीति तथा कार्यक्रम पनि बनिसकेको जानकारी पाएपछि हामीले प्रतिपक्ष बस्ने निर्णय गर्‍यौं।’ 

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको मन्त्रिपरिषद् विस्तारको कारण पनि सरकारमा जाने बाटो बन्द भएको बैठकमा छलफल भएको थियो। 

तर, बैठकमा सांसद शिशिर खनालले सरकारमा सहभागी हुनुपर्ने बताएका थिए। ‘अहिले जनतालाई डेलिभरी दिने हो भने सरकारमा जानुपर्छ,’ खनालले बैठकमा भनेका थिए।

बैठकले सरकारले अमेरिका पठाउने भन्दै नक्कली शरणार्थी बनाएर पैसा खाने उपल्लो तहका नेताहरूलाई पक्राउ गर्ने सरकारको निर्णयको स्वागत गर्दै दोषी कसैलाई नछोड्न सुझाव पनि दिएको छ।

बैठकमा सभापति रवि लामिछानेले शीर्ष नेताहरूसंग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .