ad ad

राजनीति


एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न मिल्दैन : रवि लामिछाने

एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न मिल्दैन : रवि लामिछाने

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरूको प्रदर्शनमा सहभागी हुँदै रास्वपा सभापति रवि लामिछाने। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख ३०, २०८० शनिबार १५:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बर्ताएका छन्। 

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलनमा पत्रकारहरुसँग कुरागर्दै सभापति लामिछानेले सो कुरा बताएका हुन्। 

उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरू अनुसन्धान भए सरकारको सफलता मान्ने बताए। 

‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ। देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरुको उजागर भयो,’ उनले भने, ‘विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू हतकडी लाएर झेल गएको देखेका छौं। यो देशको बेज्जत भएको होइन यो देशको इज्जत बढ्यो। पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिने हो।’

उनले भुटानी  शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए। 

सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने बताउँदै उनले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरू कसैले पनि विषयान्तर गर्न नहुने बताए। 

‘गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोशिस होला। जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन,’ उनले भने, ‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ। त्यतिधेरै पनि नलियौं होला।’

सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताए।

सभापति लामिछानेले विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएकोदेखि रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिन सक्नुपर्ने बताए।

‘आशावादी हुनुपर्छ। धेरै काण्डहरू लाइनमा छन्। ती काण्डहरू पनि अनुसन्धान हुन्। अनि हेर्छौं। सरकारले यसलाई सुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनु भएन,’ उनले भने, ‘अहिलेलाई विषयान्तर गर्न सकैले नगरोस्। आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस्। नाङ्गीसक्यो अब किन छेक्ने।’

उनले काण्डमा दोषी देखिएकाहरूलाई अनुसन्धानको दायरामा ल्याउन कसैलाई पनि छाड्न नहुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .