ad ad

राजनीति


‘नक्कली शरणार्थी प्रकरणले सत्ता गठबन्धन तलमाथि हुँदैन’

‘नक्कली शरणार्थी प्रकरणले सत्ता गठबन्धन तलमाथि हुँदैन’

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत। तस्बिर : केशव साउद


नेपालखबर
जेठ २, २०८० मंगलबार ११:५४, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका छन्। 

अर्थमन्त्रीसमेत रहेका महतले नेपाली कांग्रेसको पछिल्लो गतिविधि र पार्टीमा उत्पन्न परिस्थितबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसो भनेका हुन्। 

‘नक्कली शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिनँ’, उनले भने, ‘यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन। म त्यस्तो देख्दिनँ।’

उनले नक्कली शरणार्थीका नाममा भएको ठगीको हकमा कोही निर्दोष नफसुन् र कोही दोषी नउम्किउन् भन्ने पक्षमा कांग्रेस रहेको पनि बताए।

महतले यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पासहितले अनुसन्धानमा सघाउने पनि बताएका छन्। 

‘उहाँ (बालकृष्ण खाँण) ले अनुसन्धानमा सघाउनु हुन्छ। सघाइरहनु भएको छ। दोषी निर्दोष हुने, निर्दोष दोषी हुने कुरा ठीक होइन’, उनले भने, ‘हामी दोषीलाई बचाउनु पर्छ भनेर भन्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .