ad ad

राजनीति


रवि लामिछाने र गोकुल बाँस्कोटाको भाइरल तस्बिर

रवि लामिछाने र गोकुल बाँस्कोटाको भाइरल तस्बिर

एमाले नेता गोकुल बाँस्कोटा र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार संसद् बैठकका क्रममा भएको भेट।


नेपालखबर
जेठ ६, २०८० शनिबार ११:९, काठमाडौँ

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गरेका छन्। 

शुक्रबार संसद् बैठकका क्रममा लामिछानेसँग भेट भएको तस्बिर बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

‘संसद्‌मा रास्वपा सभापति रवि लामिछानेसँग यस्सो राजनीतिक भलाकुसारी गरेको फोटोग्राफर शालिगग्राम तिवारीले एक क्लिक दिन भ्याइहालेछन्’, बाँस्कोटाले लेखेका छन्, ‘लौ त मैले पनि पोस्ट्याइदिएँ।’

उक्त तस्बिर निकै भाइरल भइरहेको छ। पोस्ट गरेको ३ घण्टामा फेसबुकमा ४ हजार ८ सय जनाले रियाक्ट गरिसकेका छन् भने ६३० कमेन्ट र १८ सेयर भएका छन्। यस्तै सोही तस्बिर बाँस्कोटाको ट्विटरमा सोही अवधिमा ३१ जनाले रिट्विट गरिसकेका छन् भने भ्युजको संख्या १८ हजार ६ सय पुगिसकेको छ। 

रास्वपा सभापति चितवन २ तथा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .