ad ad

राजनीति


सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोलीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

भेटवार्ताका तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
जेठ १०, २०८० बुधबार ९:१०, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले आज (बुधबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ। 

मुख्यमन्त्री टोलीले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रतिपक्षी दलका नेता र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता हो। 

भेटवार्तामा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरे।

यस्तै गेटा मेडिकल कलेजमा विश्वविद्यालय सञ्चालन गराउनलगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .