ad ad

राजनीति


आरजु र मञ्जुबारे रविको कटाक्ष : कोही गायब भएर फर्किए, कोही तामा तुलसी छोएर आए

आरजु र मञ्जुबारे रविको कटाक्ष : कोही गायब भएर फर्किए, कोही तामा तुलसी छोएर आए

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार १३:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उनले यस्तो बताएका हुन्।  

‘बिचौलियाहरुले नाम लिएकाहरु, नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरु अहिले संसदमा पनि देखिरहेका छौँ’, उनले भने, ‘राजनीतिक नेतृत्व र प्रशासनको मिलेमतोमा भ्रष्टाचारकाण्ड भएका छन् तर हामीले सामान्य बनायौँ।’

यो प्रकरण सार्वजनिक भएपछि प्रतिनिधिसभाकै केही सांसद गायब भएको र केहीले मिडयामा कसम खाएको प्रसंग पनि उनले कोट्याए। 
‘कोही गायब भएर प्रकट हुन्छन्, कोही मिडियामा तामातुलसी छोएर आउँछन्', उनले नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा र मञ्जु खाँणतिर कटाक्ष गर्दै उनले भने, ‘तर प्रहरीले यो प्रकरणमा नाम जोडिएजतिलाई बयान लिनुपर्छ। आँट गरेर उनीहरुलाई बयानमा बोलाएर अनुसन्धान अघि बढाउनुपर्थ्यो। अनुसन्धानबाट निर्दोष प्रमाणित भए हामी रेडकार्पेट ओछ्याएर स्वागत गर्न तयार थियौँ। तर त्यस्तो भएन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .