ad ad

राजनीति


रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भयो अर्को मुद्दा

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भयो अर्को मुद्दा

फाइल तस्बिर


नेपालखबर
जेठ १०, २०८० बुधबार १६:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ।

सांसद हुन रविको अयोग्यतासम्बन्धी सिन्धुलीका युवराज पौडेल सफलले हालेको रिट सर्वोच्च अदालतले दर्ता गरिदिएको हो।

यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको उक्त रिटलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजालसले दर्ता गर्न आदेश दिएको हो। यो आदेशसँगै आगामी जेठ १७ गतेका लागि पेशी समेत तोकिएको छ।

रविको सांसद पदको अयोग्यतासम्बन्धी रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा पेश भएको थियो। तर अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले वैशाख २८ गते यो निवेदनलाई दरपीठ गरिदिएका थिए। 

दरपीठ गर्ने पन्थीको निर्णयविरुद्ध पौडेलले यही जेठ १ गते आदेश माग्दै निवेदन पेश गरेका थिए। न्यायाधीश श्रेष्ठको एकल इजलासबाट दरपीठ आदेश बदर गर्दै साेमबार दर्ता गर्न आदेश दिएको थियो। उनको आदेशसँगै बुधबार उक्त रिट दर्ता भएको छ। 

‘निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानूनी प्रश्न निहित रहेको देखिँदा यस अदालतको रजिष्ट्रारबाट दरपीठ आदेश बदर गरिदिएको छ’, आदेशमा भनिएको छ, ‘कानुनबमोजिमको अन्य रीत पुगेको भए पेश हुन आएको निवेदन दर्ता गरी नियमानुसार गर्नू।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .