ad ad

राजनीति


आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमसम्बन्धी प्रश्नमा जवाफ दिँदै

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमसम्बन्धी प्रश्नमा जवाफ दिँदै

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८० शुक्रबार ८:३, काठमाडौँ

संसद्‌मा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज (शुक्रबार) पनि जारी रहने भएको छ। 

त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जानकारी दिएको छ। 

आजको बैठकमा नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम पनि रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। यस विषयमा राष्ट्रिय सभामा भने प्रधानमन्त्रीले जवाफ दिइसकेका छन्। 

संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री जवाफ दिइसकेपछि नीति तथा कार्यक्रमका लागि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यक्रम पनि तय गरिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा पेस गरेका थिए। 

संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .