ad ad

राजनीति


एमालेलाई चिढ्याउने लेखनाथ दाहालको त्यो सम्बोधन (भिडिओ)

एमालेलाई चिढ्याउने लेखनाथ दाहालको त्यो सम्बोधन (भिडिओ)

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८० शुक्रबार १३:५०, काठमाडौँ

सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारेको छलफलमा यही बुधबार सहभागी भएका थिए नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल।

सिन्धुलीबाट निर्वाचित उनले गठबन्धन सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए।

ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणीका क्रममा यसको औचित्य नै नभएको बताउँदै पुनर्लेखन गर्नुपर्नेमा जोड दिएका थिए।

तर ओलीले नीति तथा कार्यक्रम नै खारेज गर्नु पर्छ भनेको भन्दै आक्रोशित दाहालले भ्रष्टाचारका अनेक आरोप लगाए। 

‘केपी ओलीले नीति तथा कार्यक्रममाथि जसरी बहस गर्नुपर्थ्यो, त्यस्तो भएन। ओलीले नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भन्नु भयो’, उनले भनेका थिए, ‘लामो र बोझिलो कुरा बोल्दा ओलीसँग इर्ष्या र कुन्ठा मात्रै थियो। उहाँको बोझिलो प्रवचनमा होच्याउने कुरा थियो। त्यहाँ सत्य थिएन भ्रम थियो।’

एमाले र ओलीमा गठबन्धन सरकारले जनतामा उत्साह ल्याउँछ कि भन्ने चिन्ता रहेको पनि उनले बताएका थिए। ‘सरकारले उत्साह र ऊर्जा थप्छ कि भन्ने ओलीमा चिन्ता थियो’, उनले भनेका थिए, ‘ओलीले सरकार दलाल पुँजीवादसँग जोडिएको भन्नु भयो। गएको तीन वर्ष उहाँ सरकारमा रहँदा सात खर्ब ऋण थियो, सरकार छाड्दा १७ खर्ब ऋण थियो। उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारका काण्ड भए। अनेक काण्ड बाहिरिए।’

दाहालले ओलीका पालामा यती, ओम्नी र वाइडबडी जहाज जस्ता भ्रष्टाचारका काण्ड भएको पनि उनले बताएका थिए। त्यसपछि उनले पशुपतिमा जलहारी लगाउँदा पनि ओलीले भ्रष्टाचार गरेको आरोप ओलीमाथि लगाए। 

‘ओलीको पालामा पशुपतिमा जलहारी लाउँदा पनि सुनको नाममा पित्तलको हाले भ्रष्टाचार गरे’, उनले भनेका थिए, ‘यो सरकारले मूलभूत रुपमा सरकारले जनताका आवश्यकता सम्बोधन गर्छ।’

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .