ad ad

राजनीति


एमसीसी बाँदरको घाउजस्तो भयो, जति चलायो उति फैलिने : अधिकारी

एमसीसी बाँदरको घाउजस्तो भयो, जति चलायो उति फैलिने : अधिकारी

नेपालखबर
माघ १, २०७६ बुधबार ६:१९,

 गोरखा क्षेत्र नं. १ का सांसद हरिराज अधिकारीले अमेरिकासँग गरिएको एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) सम्झौतालाई बाँदरको घाउको संज्ञा दिएका छन्।

जिल्लाको भीमसेन थापा गाउँपालिका बोर्लाङस्थित सरस्वति माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै सांसद अधिकारीले एमसीसीबारे संसदमा कुनै जानकारी नभएको बताए।

‘एमसीसी बाँदरको घाउजस्तै भएको भएको छ’, उनले भने, ‘यसलाई जति चलायो त्यति फैलिदै जान्छ।’ उनले एमसीसीबारे बहस आवश्यक नभएको बताए।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले संघीय संसदमा सभामुखको नेकपाकै हुने दावी गरे।‘प्रतिनिधिसभाको सभामुख नेपाल कम्युनिस्ट पार्टीबाट हुन्छ, अन्य पार्टीको हुँदैन’, उनले भने, ‘सभामुख चयनका लागि उपसभामुखले राजीनामा गर्नुहुन्छ यसलाई ठूलो कुरा बनाइरहनु पर्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .