ad ad

राजनीति


विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछु : स्वास्थ्यमन्त्री बस्नेत

विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछु : स्वास्थ्यमन्त्री बस्नेत

नेपालखबर
असोज १५, २०८० सोमबार १८:४१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरु पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे।

उनले चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसको लागि विशेष बजेट ल्याउने पनि बताए। उनले गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही भए आफूलाई सम्पर्क गरे आफूले उपचार गरिदिने बताए।

‘दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन् । मैले कसैको कुरा नसुनेर गाउँमा पठाइदिएको छु। यो इतिहासमै पहिलो पटक हो नेपालमा। दरबन्दी एक चौथाइ मात्रै छ। चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा लागिरहेको छु। पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भनेपनि गर्ने हो,’ उनले भने, ‘संविधानमा लेखिए जस्तै हामीले काम गर्नुपर्छ। अब नेपालमा उपचार गर्न नसकेर हस्पिटलको बरण्डाबाट आत्महत्या गरेर कोही पनि बिरामी मर्नु पर्दैन, घर फर्किनु पर्दैन, गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही मान्छे फेला पारे मलाई जिम्मा लगाइदिनुस्, म निःशुल्क उपचार गर्छु। हामी सुधारको प्रक्रियामा लागेका छौँ।’

उनले अहिंसात्मक माध्यम र तौर तरिका अपनाउन नसके समाजमा राम्रो नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .