नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसँग भेटवार्ता गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार अपरान्ह उनीहरूबीच भेटवार्ता भएको निजी सचिवालयले जनाएको छ।
आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटसहितको टोलीले च्यासल पुगेर ओलीसँग भेट गरेको हो।
भेटमा एमसीसी कार्यान्वयनबारे टोलीले चासो राखेकोे थियो।
असोज १५, २०८०, साेमबार
36
Shares
प्रतिक्रिया