नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कोशीका मुख्यमन्त्री केदार कार्कीले राम्रो काम गर्दासम्म एमालेको साथ रहने बताएका छन्।
आइतबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।
‘राम्रो काम गर्दासम्म उहाँ (केदार कार्की)लाई एमालेको साथ र समर्थन रहिरहन्छ,’ पौडेलले भने।
साथै, उनले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप पनि लगाए।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ।’
30
Shares
प्रतिक्रिया