राजनीति


संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले गरे स्वागत

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले गरे स्वागत

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
कात्तिक १२, २०८० आइतबार १४:४६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। 

महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका छन्। 

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेलगत्तै गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका हुन्। 

गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आजै राति काठमाडौं आइपुगेका हुन्। उनी अहिले् उच्चस्तरीय भेटवार्ताका लागि सिंहदरबार पुगेका छन्। 

आजै उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ।

महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .