राजनीति


प्रधानमन्त्रीले भने : संघीयता र गणतन्त्रको रक्षामा परिवर्तनकारी दल एकजुट भयौँ

प्रधानमन्त्रीले भने : संघीयता र गणतन्त्रको रक्षामा परिवर्तनकारी दल एकजुट भयौँ

सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १७:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै दलहरू एकै ठाउँमा आइपुगेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको परिवर्तनकारी ठूला र साना दलहरूका शीर्ष नेताको बैठकपछि उनले यस्तो बताएका हुन्।

यो बैठकलाई सामान्य समीक्षात्मकका रुपमा ब्याख्या गरे। दाहालले देशलाई परिवर्तनको यो बिन्दुसम्म ल्याउने दलहरूबीच फेरि पनि जुटेर छलफल गर्ने सहमति भएको बताए। 

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दलबाट साझा प्रतिबद्धता आयो’, उनले भने, ‘नेपालको आधुनिक राजनीतिक इतिहासको सन्दर्भमा देशलाई गणतन्त्रसम्म ल्याउने दलहरूको बैठक भएको हो।’

दाहालले गणतन्त्रको रक्षाको सन्दर्भमा यस्तो बैठकलाई फेरि निरन्तरता दिने सहमति भएको पनि जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .