राजनीति


दुर्गा प्रसाईं समूहको प्रदर्शनबाट हौसिए रवीन्द्र मिश्र

दुर्गा प्रसाईं समूहको प्रदर्शनबाट हौसिए रवीन्द्र मिश्र

फाइल फाेटाे : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र


नेपालखबर
मंसिर ७, २०८० बिहिबार १८:३७, काठमाडौँ

संघीय गणतान्त्रिक व्यवस्थाको विरोध गर्दै बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले काठमाडौँमा गरेको प्रदर्शनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले खुसी प्रकट गरेका छन्। 

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आज बल्खुमा गरेको प्रदर्शनका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै मिश्रले लेखेका छन्, ‘विचारभन्दा माथि देशलाई राखेर आज निस्वार्थ रूपमा सडकमा उत्रिने सबैलाई नमन! यो जारी रहोस्!’

‘विचारभन्दा माथि देश’ उनको अवधारणा पुस्तक हो, जसमा राजतन्त्र पुनःस्थापनाको वकालत गरिएको छ। 

यस क्रममा मिश्रले पर्सि ‘राजा’कै उपस्थितिमा बिर्तामोड, झापामा कार्यक्रम हुने जानकारी पनि दिएका छन्। र, आजको जत्तिकै सफल होस् भनी कामना गरेका छन्।

आज प्रसाईं समूहले गरेको प्रदर्शनबाट मिश्र निकै हौसिएका छन्।   

‘कुनै अनिष्ट हुनु पहिले नै शान्तिपूर्ण संक्रमणमार्फत देश २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा जाओस्’, उनले अगाडि लेखेका छन्,  ‘राजसंस्थावादीहरूले पनि नयाँ/पुराना प्रचण्डपन्थीहरूलाई अवमूल्यन नगरून्। प्रचण्डपन्थीहरूले त अब राजसंस्थावादीलाई अवमूल्यन गर्न सक्ने अवस्था नै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .