राजनीति


महोत्तरीमा रास्वपा बैठकको पहिलो दिन : सांसदले बुझाए कार्य प्रतिवेदन र भावी योजना

महोत्तरीमा रास्वपा बैठकको पहिलो दिन : सांसदले बुझाए कार्य प्रतिवेदन र भावी योजना

महोत्तरीको जलेश्वरमा बसेको रास्वपा संयुक्त बैठक


नेपालखबर
मंसिर ११, २०८० सोमबार १८:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ। आजबाट महोत्तरीको जलेश्वरमा सुरु भएको बैठक तीनदिनसम्म चल्ने पार्टीले जनाएको छ। 

आजको बैठकमा सांसदहरूको कार्य प्रतिवेदन र भावी योजनाको बारेमा छलफल भएको छ। 

बैठकमा सहभागी सांसद सोविता गौतमका अनुसार आजको बैठकबाट कुनै पनि औपचारिक निर्णय हुनेछैन। 

‘सांसदहरूको कार्य प्रतिवेदन र भावि योजना प्रस्तुत भइरहेको छ,’ गौतमले नेपालखबरसँग भनिन्, ‘खास अहिले केही कुरा छैन। आ–आफ्नो प्रतिवेदन बुझाएको हो। अनि भोलि र पर्सि के काम गर्ने भन्ने कुरा राखिएको छ।’

बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ। 

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत उपस्थिति रहनेछ।

रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .