राजनीति


संस्थाको लोगो र लेटरहेड अनधिकृत प्रयोग नगर्न एनआरएनएको आग्रह

संस्थाको लोगो र लेटरहेड अनधिकृत प्रयोग नगर्न एनआरएनएको आग्रह

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १२:४४, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अनधिकृत रूपमा संस्थाको लोगो र लेटरहेड प्रयोग भएको भन्दै आपत्ति जनाएको छ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले यस्तो कार्य नगर्न आग्रह भनेको हो।

आज (मंगलबार) संस्थाले कुनै पत्रकार सम्मेलनको आयोजना नगरेको जानकारी गराउँदै अनधिकृत रूपमा संस्थाको लोगो र लेटरहेड प्रयोग गरी पत्रकार सम्मेलन हुने भन्ने व्यहोराको सूचना सामाजिक सञ्जालमा देखिएकोप्रति संस्थाले सचेत हुन आग्रह गरेको छ।

शर्मा समूहको पत्रकार सम्मेलनसम्बन्धी जानकारी

अक्टोबरमा भएको संघको निर्वाचनमा उपविजेता भएको समूहले आफूहरूलाई पदाधिकारी भनी स्वघोषणा गरेर संस्थाको गरिमामा आँच आउने काम गरेको भन्दै यस्ता अनधिकृत गतिविधिबाट सचेत रहन संस्थाले आग्रह गरेको छ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको लेटरहेड र लोगो अनधिकृत रूपमा प्रयोग गरी भ्रम सिर्जना गर्ने गतिविधिको घोर भत्सर्ना गर्दै अब उप्रान्त त्यस्ता गतिविधि नगर्न सम्बन्धित समूहलाई आग्रह गर्दछौँ।’

गत  अक्टोबरमा भएको एनआरएनएको निर्वाचन परिणामलाई लिएर असन्तुष्ट आर.के. शर्माको समूहले समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ।

यसै सन्दर्भमा आज (मंगलबार) शर्मा अध्यक्ष रहेको समूहले पत्रकार सम्मेलनको आयोजना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .