राजनीति


जसपाको थरुहट समितिमा मनोनित भए १० जना

जसपाको थरुहट समितिमा मनोनित भए १० जना

नेपालखबर
मंसिर १४, २०८० बिहिबार ९:११, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)को तराई थरुहट राष्ट्रिय समितिमा उपाध्यक्षसहित १० सदस्य मनोनित भएका छन्।

बुधबार दाङमा बसेको बैठकले समितिको‌ उपाध्यक्षमा गुलाम हुसेन हलवाई र सदस्यहरुमा लालिमा मल्ल, नोयेन्द्र धिताल,मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्धिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई मनोनयन गरेको हो।

बैठकले लुम्बिनी प्रदेश समितिको आयोजनामा मंसिर १९ देखि सुरु हुने प्रशिक्षणमा समितिको तर्फबाट सहभागी हुने प्रतिनिधिको नाम छनोट गरिएको जसपा केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ। 

बैकठले सदस्यहरुको मासिक लेबी संकलन गर्ने र मातहतका जिल्लाको यथासिघ्र भेला गर्ने निर्णयसमेत गरेको जसपाले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .