राजनीति


श्रीलंकाका विदेशमन्त्री बुधबार नेपाल भ्रमणमा आउँदै

श्रीलंकाका विदेशमन्त्री बुधबार नेपाल भ्रमणमा आउँदै

नेपालखबर
पुस २, २०८० सोमबार १७:४५, काठमाडौँ

श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन्। 

मन्त्री अली साब्री यही बुधबार तीन दिनका लागि नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन आउन लागेका हुन्। 

उनी बुधबार नेपाल आएर शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेको छ। 

यसैबीच काठमाडौंस्थित श्रीलंकन राजदूत मार्सल सुदर्शना पाथारिनाले परराष्ट्रमन्त्री एनपी साउदसँग सोमबार भेटवार्ता गरेका छन्। 

उक्त भेटका क्रममा नेपाल-श्रीलंका सम्बन्धका विविध आयामबारे छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .