अमेरिकाले नेपाल भ्रमण गर्न चाहने आफ्ना नागरिकलाई होसियारी बढाउन भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ।
एकाकी राजनीतिक हिंसाको सम्भावनाका कारण यस्तो एड्भाइजरी जारी गरिएको बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयले १८ डिसेम्बरमा नेपालका लागि लेभल टुको यू श्रेणीको ट्राभल एड्भाइजरी जारी गरेको हो। जुन राजनीतिक, आर्थिक, धार्मिकलगायत अशान्ति र अस्थिरता हुने मुलुकका लागि जारी गरिन्छ।
अमेरिकाले जारी गर्ने ट्राभल एड्भाइजरी चार तहका हुन्छन्।
‘शान्तिपूर्ण भनेर गरिएका राजनीतिक प्रदर्शनहरु कहिलेकाहीँ हिंसात्मक हुनसक्ने र सरकारी अधिकारीहरुले बलपूर्वक रोक्न सक्ने’ एड्भाइजरीमा उल्लेख छ।
त्यसैले अमेरिकी नागरिकहरुलाई प्रदर्शन र भीडभाडबाट जोगिन भनेको छ।
त्यस्तै, सरकारले एक्लै पैदल यात्रामा नजान भनेकाले स्थानीय गाइडसँग जान पनि सचेत गराइएको छ।
Shares
प्रतिक्रिया