राजनीति


करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गदैछौँ : प्रधानमन्त्री प्रचण्ड

करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गदैछौँ : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
माघ १३, २०८० शनिबार १६:२२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका छन्। 

सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई पनि छिट्टै सहिद घोषणा गर्नका लागि मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।

‘यहाँ छुट भएका केही म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहीँ फेरि क्याविनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढीसकेको छ। त्यसो गर्दा अर्को ३ हजार छुट भएका शहीदहरु पनि राष्ट्रिय सहिदमा घोषणा, दर्ता भइनै सकेको छ। त्यहाँ अव हामी दुविधानमा बस्नुपर्दैन।’

त्यस क्रममा प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरूलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए।

आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको पनि उनले उल्लेख गरे। सरकारले जनयुद्धमा सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। 

‘अझै केही छुट भएको छ भने हामीले त्यो छुट भएको बाँकिको पनि लिस्टिङ गर्दैछौं। त्यसलाई पनि घोषणा गरिन्छ। म सबै सहिद र बेपत्ता परिवारका सदस्यहरूलाई पनि भन्न चाहन्छु– यो निर्णय आफैंमा सामान्य निर्णय होइन। यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ। युद्धलाई सम्मानित गरेको छ। र, सहिदहरूलाई राष्ट्रिय सहिदको रुपमा सम्मानित गरेको छ। र, हामी बाँचेकाहरूको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ।’

प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपक्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .