राजनीति


संसदीय दलको बैठकमा सांसदलाई प्रशिक्षण दिँदै एमाले

संसदीय दलको बैठकमा सांसदलाई प्रशिक्षण दिँदै एमाले

नेपालखबर
माघ २१, २०८० आइतबार १२:२५, काठमाडौँ

नेकपा (एमाले)संसदीय दलको दोस्रो दिनको बैठक सुरु भएको छ। शनिबारबाट नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठक आज पनि जारी छ। 

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई एक घन्टा लामो प्रशिक्षण दिएका थिए। भोलि (सोमबार) बाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रभावकारी भूमिका खेल्न ओलीले निर्देशन दिएका थिए। 

आज (आइतबार)को बैठकमा सांसदहरूलाई विभिन्न नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रमुख सचेतक पदम गिरीले जानकारी गराएका छन्। 

एमाले नेताहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विमला राई पौड्याल लगायतले सांसदहरूलाई प्रशिक्षण गर्ने कार्यक्रम छ।

संघीय संसद्को बैठक सोमबार दिउँसो ४ बजेका लागि आह्वान भएको छ। सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन्। 

सरकारले यो अधिवेशनमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू अघि सार्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार विभिन्न ६० भन्दा बढी विधेयकलाई पहिलो प्राथमिकतामा राखेर संसद्मा पेश गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .