सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा प्रदेश समितिबाट रिपोटिङ गरिएको छ।
आइतबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको बैठकको पहिलो दिन १० वटा प्रदेश र तीनवटा आयोगले आफ्नो रिपोर्टिङ प्रस्तुत गरेका एक केन्द्रीय सदस्यले बताए।
प्रदेश समितिका इन्चार्ज तथा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले रिपोर्टिङ गरेका हुन्।
आजको बैठक सकिएको छ। अब भोलि विहान ११ बजे पुनः बैठक सुरु हुने बताइएको छ।
फागुन महिनामा हुने विधान सम्मेलनको तयारीका लागि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको हो।
शुक्रबार र शनिबार स्थायी समिति बैठक गरेको माओवादीले केन्द्रीय समिति बैठक राखेको हो।
राष्ट्रिय सभागृहमा करिब ८ सयजना सहभागीबीच माओवादीले सबैभन्दा पहिले पार्टीको तीन महिने अभियानको समीक्षा गरिरहेको छ।
पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले माओवादी ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चलाएको थियो।
माओवादी केन्द्रले गत कात्तिकदेखि देशभरका ६ हजार सात सय ५३ वडामा अभियान सञ्चालन गरेको थियो।
Shares
प्रतिक्रिया