राजनीति


प्रचण्डको आह्वान : सबै माओवादी शक्ति एक बनौँ, म नेतृत्व छाड्न तयार छु

प्रचण्डको आह्वान : सबै माओवादी शक्ति एक बनौँ, म नेतृत्व छाड्न तयार छु

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८० मंगलबार १४:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धताका एक ठाउँमा रहेका सबै शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। 

पार्टीको विधान अधिवेशनलाई मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै माओवादीका सबै शक्तिलाई एक ठाउँमा आउन अपिल गरेका हुन्। 

‘माओवादी मोर्चका सबै समूहलाई एउटै केन्द्र र मोर्चामा एकताबद्ध बनौँ। अब ढिलो नगरौँ जति ढिला भयो, त्यति क्षति हुन्छ। राजनीतिक रुपमा घाटा हुन सक्छ’, उनले आफूबाट छुटेका शक्तिहरू र तिनका नेतालाई लक्षित गर्दै भने, ‘आउनुस् बसौँ समीक्षा गरौँ, आत्मआलोचा गरौँ। एक भएर प्रतिक्रियावादीको प्रतिवाद गरौँ। मलाई तपाईंहरू अहिले जहाँ भए पनि हिजो सहयोग गर्नु भयो। मलाई स्थापित गर्न सहयोग गर्नु भयो।’

उनले कुनै बेला प्रचण्डको नाममा निस्किने सानो वक्तव्यले देशै ठप्प हुने स्मरण पनि गरे। ‘कुनै बेला प्रचण्डको वक्तव्यले देश नै ठप्प हुन्थ्यो। जीवनको उत्तरार्द्धमा पनि देशलाई नयाँ क्रान्तितिर लैजाने संकल्प गरेको छु’, उनले भने, ‘कोही कमरेडहरू आउनु हुन्छ तयार हुनु हुन्छ भने म नेतृत्व छाड्न तयार छु। मलाई नेतृत्वमा बसिरहन मन छैन।’

उनले प्रतिक्रियावादीहरूको प्रतिरोधका लागि सबै माओवादी घटक तयार हुनुपर्ने पनि बताए।

‘प्रतिक्रियावादीहरूले टाउको उठाउन थालेका छन्। अब जाई लाग्ने यो राम्रो मौका हो’, उनले भने, ‘पार्टी र सरकारको दुवै मोर्चाबाट समाजवादको अभियान थाल्ने प्रयास गरेका छौँ। यसलाई सफल बनाउन सबै माओवादी घटक एकै पार्टी वा मोर्चामा गोलबन्द बनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .