राजनीति


सत्तापक्षकै नेता-कार्यकर्ता टिकटक चलाइरहेका छन् : सांसद पराजुली

सत्तापक्षकै नेता-कार्यकर्ता टिकटक चलाइरहेका छन् : सांसद पराजुली

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन ६, २०८० आइतबार १३:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकारले टिकटक बन्द गराएपछि अपराध तथा विकृति न्यूनीकरण भएको प्रतिवेदनबारे जिज्ञासा राखेका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्दै उनले अहिले सत्तापक्षकै नेता कार्यकर्ताको टिकटक अकाउन्ट अपडेट हुने गरेको बताए। 

‘अपराध र विकृति फैलाएको भन्दै टिकटक बन्द भएको थियो। हाल सत्तापक्षकै नेता कार्यकर्ताको अकाउन्ट अपडेट भएको पाइन्छ। त्यो नैतिक प्रश्नको अपेक्षा म गर्दिनँ,’ उनले भने। 

उनले टिकटक बन्दपछि भएको अपराध र विकृति न्यूनीकरणबारेको प्रतिवेदन सार्वजनिक कहिले हुन्छ? भन्दै प्रश्न गरे।

‘टिकटक बन्द भएपछि कति व्यवसायी पलायन भए र कति बेरोजगार भए भन्ने पनि सँगै सार्वजनिक हुन्छ कि हुँदैन?’, सांसद पराजुलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .