राजनीति


हामीले आन्दोलनबाट फ्याँकेको राजतन्त्र नक्कली हो : केपी ओली

हामीले आन्दोलनबाट फ्याँकेको राजतन्त्र नक्कली हो : केपी ओली

तस्बिर : दिनेश भण्डारी


नेपालखबर
फागुन ८, २०८० मंगलबार १३:३२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०६२/०६३ मा फालिएको राजतन्त्र नक्कली भएको दाबी गरेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकलाई बोल्दै उनले यस्तो दाबी गरेका हुन्। 

‘अहिले गएको राजतन्त्र भनेको नक्कली राजतन्त्र हो। सक्कली राजतन्त्र त ५८ साल जेठ १९ गते नै गइसकेको हो। पछि संविधान अनुसार राजा अर्को हुने ठाउँ नै छैन,’ ओलीले भने, ‘राजाको विवाहितापट्टिको जेठो छोरो राजा हुने व्यवस्था थियो। जेठोदेखि कान्छो छोरो सबै मारिए। सबै वंश विनाश गरेर राजतन्त्र सिद्दिइसकेपछि अब फेरि कि त लेक लेकमा जानुपर्यो।’

तत्कालीन राजा विरेन्द्रको वंश विनाशसँगै राजतन्त्र अन्त्य भएको उनले बताए।

‘संविधानको कुन धाराले सबै मरिसकेपछि खोजेर राजा बनाउने व्यवस्था छ? कुशको राजा खडा गरियो। जबरजस्ती त्यसलाई ०६२/०६३ को आन्दोलनको रापतापले बिदा गरियो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .