राजनीति


एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुँदैछन् यी तीन प्रतिवेदन

एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुँदैछन् यी तीन प्रतिवेदन

तस्बिर : दिनेश भण्डारी


नेपालखबर
फागुन ८, २०८० मंगलबार १६:५८, काठमाडौँ

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा तीनवटा प्रतिवेदन प्रस्तुत हुने भएका छन्।

मंगलबारबाट सुरु भएको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले तीनवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्ने भएका हुन्। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले सुद्धीकरण तथा सुदृढीकरणको प्रस्ताव प्रस्तुत गर्दैछन्।

त्यस्तै, उपाध्यक्ष पौडेलले जनआधारित कार्यकर्ता पार्टी निर्माणमा चुनौती नाम दिइएको प्रतिवेदन प्रस्तुत गर्दैछन्। 

महासचिव पोखरेलले भने संगठनात्मक कामको समीक्षासहितको प्रतिवेदन प्रस्तुत गर्ने भएका हुन्। 

मंगलबारबाट सुरु भएको एमाले बैठक आगामी बिहीबारसम्म चल्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .