राजनीति


गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अभिशाप भइसक्यो : राजेन्द्र लिङदेन

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अभिशाप भइसक्यो : राजेन्द्र लिङदेन

नेपालखबर
फागुन ९, २०८० बुधबार १८:२७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकलागि अभिशाप भइसकेको बताएका छन्।

मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन कांग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने उनको जिकिर थियो।

राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार र्‍यालीसहितको बिरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङदेनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिए। उनले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शिर्ष नेताहरुलाई सचेत गराए।

अध्यक्ष लिङदेनले भने ‘अब गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको बाटो असफल भइसक्यो। तपाईहरुले अवलम्वन गरेको मार्गचित्रबाट देशलाई जब्बरजस्त अगाडि बढाउन चाहनु भयो भने, त्यो दुष्पप्रयास गर्नुभयो भने देशले दुर्घटना व्यहोर्ने अवश्यम्भावी छ।’

अध्यक्ष लिङदेनले मुलुकलाई सही बाटोमा अघि बढाउन आफूहरुले शान्तिपूर्ण आन्दोलन शुरु गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी ठान्ने दुःशाहस नगर्न पनि सरकारको ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .