राजनीति


महासमिति सदस्यले उठाएका सुझाव प्रस्तुत गर्दै प्रदेश सभापतिहरू

महासमिति सदस्यले उठाएका सुझाव प्रस्तुत गर्दै प्रदेश सभापतिहरू

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १०, २०८० बिहिबार १५:२५, काठमाडौँ

नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन समूहगत छलफलमा उठेका सुझावलाई प्रदेश सभापतिहरूले प्रस्तुत गर्ने क्रम सुरु भएको छ। 

ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठकको चौथो दिन बन्द सत्रमा महासमिति बैठकमा उठेका सुझावहरुलाई केन्द्रीय पदाधिकारीहरुसहितको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रम सुरु भएको हो। 

मंगलबार उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्‍वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि बुधबार दिनभरी महासमिति सदस्यहरुले चार समूहमा रहेर समूहगत छलफल गरेका थिए। 

महासमिति सदस्यहरूले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरु, शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विषयमा कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए। 

महासमिति बैठकको समापन पनि बिहीबार नै गरिने कांग्रेसका महासमिति बैठकका प्रचार प्रसार संयोजक मीन बहादुर विश्‍वकर्माले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .