राजनीति


संसद् बैठक रोकिएपछि प्रमुख सचेतकहरूसँग संवाद गर्दै सभामुख

संसद् बैठक रोकिएपछि प्रमुख सचेतकहरूसँग संवाद गर्दै सभामुख

तस्बिर : रासस


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १४:४६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले शुक्रबार दिउँसो बसेको संसद् बैठकको अवरोध अझै खुल्न सकेको छैन।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विवादित तीन मन्त्रीहरूको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए।

दुई प्रतिपक्षी दलहरूको विरोधपछि सभामुख देवराज घिमिरेले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

तर उनले तोकेको समयमा बैठक सुरु हुन सकेन। बैठक अघि बढ्न नसकेपछि अहिले सभामुख घिमिरे संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरिरहेका छन्। 

एमाले, राप्रपा र अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विवादित तीन मन्त्रीहरूबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .