राजनीति


जापान नेपालको हितैषी मित्र : राष्ट्रपति

जापान नेपालको हितैषी मित्र : राष्ट्रपति

नेपालखबर
फागुन १३, २०८० आइतबार ११:२०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको हितैषी मित्र भएको बताएका छन्। 

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५० औं वार्षिक समारोहको आइतबार काठमाडौँमा उदघाट्न गर्दै राष्ट्रपति पौडेलले जापान नेपाकाले हितैसी मित्र राष्ट्र हुनुका साथै नेपालको एउटा दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताए।

नेपालको प्राविधिक जनशक्ति विकास, जलविद्युत, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासका क्षेत्रमासमेत जापानले पु¥याएको योगदानको नेपालले सदैव उच्च मूल्यांकन गर्ने उनको भनाई थियो। 
 

‘मुलुकमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रहरूमासमेत प्रगति भैरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा हाम्रा लागि महत्वपूर्ण रहने छन्’, उनले भने। 

नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै पौडेलले एसियाको एक समृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक क्षेत्रका साथै समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए।

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पु¥याउन र जापानमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियसनले गरेको योगदान सराहनीय रहेको उनको भनाई थियो।

राष्ट्रपति पौडेलले जानले ग्रामिण क्षेत्रमा जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका कामहरू गरिरहेको बताए। यस्तो कार्यलाई थप ग्रामिण क्षेत्रमा विस्तार गर्न पनि उनले सुझाव दिए। 

नेपाल जापानबीचको मित्रतालाई अझै घनिभुत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्वपूर्ण भूमिका पुग्ने पोडेलले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .