राजनीति


प्रतिनिधि सभामा एमालेको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

प्रतिनिधि सभामा एमालेको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

नेपालखबर
फागुन १४, २०८० सोमबार ११:५३, काठमाडौँ

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले नाराबाजी गरेका छन्।

बिहान ११ बजे सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेका थिए।

सांसदहरूले ‘सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरूलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए। सांसदहरूको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

यसअघि आकस्मिक समय लिएर एमाले सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूको राजीनामा माग गरिएको विषय, किसान, मिटरब्याजीलगायतका विषयमा संसद्मा उठेका प्रश्नको जवाफ माग गरेका थिए।

'एउटै कुरा बारम्बार उठाइराखिएको छ। सरकारको कानमा रुवा कसैले हालिदिएको छ? जनप्रतिनिधिमूलक संस्थामा विपक्षी दलहरूले उठाएको कुरा नजरअन्दाज गरिरहेको छ,' बाँस्कोटाले भने।

सरकारले सदनमा आएर जवाफ दिनुपर्ने एमालेको माग छ 

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .