राजनीति


प्रचण्डलाई नेताहरूको दबाब : राष्ट्रिय सभा अध्यक्ष पद नछाड्नू

प्रचण्डलाई नेताहरूको दबाब : राष्ट्रिय सभा अध्यक्ष पद नछाड्नू

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन १५, २०८० मंगलबार १४:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभा अध्यक्ष कुनै हालतमा नछोड्न नेतृत्वलाई दबाब दिएका छन्।

मंगलबार बसेको स्थायी समिति बैठकमा बोल्दै नेताहरुले राष्ट्रिय सभा अध्यक्ष आफ्नै दलले पाउनुपर्ने बताएका हुन्। 

राष्ट्रिय सभा अध्यक्षको चुनाव आगामी फागुन २९ गते हुँदैछ।

‘माओवादी राष्ट्रिय सभामा ठूलो दल हो, अब सहमति अनुसार प्रधानमन्त्री छोड्नैपर्छ, त्यसपछि हामी संवैधानिक परिषद्मा शून्यको स्थितिमा पुग्छौँ, त्यसो गर्नु हुँदैन,’ बैठकमा नेताहरुले उठाएको उधृत गर्दै सचिव दिनानाथ शर्माले नेपालखबरसँग भने, ‘राष्ट्रिय सभा अध्यक्ष अनिवार्य हामीले लिनैपर्छ।’

उनीहरुले प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराए।

स्थायी समिति सदस्यका कुरा ध्यानपूर्वक सुनेका प्रचण्डले कुनै प्रतिक्रिया जनाएका छैनन्।

‘अध्यक्षलाई साथीहरुले खबरदार गर्नुभयो,’ हाम्रो अध्यक्ष एकदमै दिलदार हुनुहुन्छ। उहाँको उदारपन फेरि देखिनुभएन, अडानमा बस्नुपर्‍यो भनेर सबैले हलबाट भन्नुभयो।’

राष्ट्रिय सभाको चुनाव अन्तर्गत कोशीमा माओवादीकी चम्पा कार्की पराजीत भएकी थिइन। यसले माओवादी रुष्ट छ।

संविधानविरुद्ध कांग्रेसको महासमिति बैठक र नेताहरुले अभिव्यक्ति  दिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन्।

यसबारे कांग्रेसले प्रष्ट पार्नुपर्ने कुरा पनि माओवादी बैठकमा उठेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .