राजनीति


गोकुल बाँस्कोटाको प्रश्न : खेतमा गएर धर्मप्रचार गर्ने पैसा कहाँबाट आयो?

गोकुल बाँस्कोटाको प्रश्न : खेतमा गएर धर्मप्रचार गर्ने पैसा कहाँबाट आयो?

नेपालखबर
फागुन १५, २०८० मंगलबार १८:५१, काठमाडौँ

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले समाज कल्याण परिषद्‌को माध्यमबाट आउने वैदेशिक सहायताको स्पष्ट मापदण्ड बनाउन जरुरी रहेको बताएका छन्।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले देशको लागि आवश्यक नभएका सहायताहरु स्वीकार गर्न नहुनेतर्फ पनि परिषद्को ध्यानाकर्षण गराए। उनले धर्मको प्रचारबाजी गर्ने लगायतका सहायता पनि समाजकल्याण परिषद्बाट स्वीकृत भइरहेको भन्दै त्यसको आवश्यक नियमन र निगरानी हुनुपर्नेमा जोड दिए।

उनले कानुनमा पर्याप्त व्यवस्था नभएको भए कानुन संशोधन गरेर भएपनि समाज कल्याण परिषद्‌बाट कस्ता किसिमका सहायताहरु स्वीकृत हुने भन्ने बारेमा स्पष्ट खाका बनाउन आवश्यक रहेको बताए।

उनले भने, ‘खेतमा गएर मानिसले कुनै धर्मको प्रचार गरिरहेको छ, त्यो कहाँबाट आएको पैसाले भयो। त्यसको मनिटरिङ कसले गर्ने? केमा हामी लिन्छौँ, केमा हामी लिँदैनौँ, यसको स्पष्ट मापदण्ड बनाउने कि नबनाउने?’

सांसद बाँस्कोटाले आजको आवश्यकतालाई महसुस गर्ने गरी समाज कल्याण परिषद्‌सँग सम्बन्धित कानुन परिमार्जन गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .