राजनीति


राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : नेता कोइराला

राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : नेता कोइराला

नेपालखबर
फागुन १९, २०८० शनिबार १५:४६, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन्।

शनिबार नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उनले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताए। 

कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनले राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए।

‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल। हात छ, सीप छ दिमाग छ। अप्रेसन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ। आँखाको अप्रेसन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो। तर राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा। कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ,’ उनले भने।

नेता कोईरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चताप गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .