राजनीति


गोकुल बाँस्कोटा भन्छन् : गठबन्धन एमालेको ‘ढोक्सा’मा पर्ने देखिएन

गोकुल बाँस्कोटा भन्छन् : गठबन्धन एमालेको ‘ढोक्सा’मा पर्ने देखिएन

नेपालखबर
फागुन २०, २०८० आइतबार १०:७, काठमाडौँ

नेकपा एमालेका पाेलिटब्युराे सदस्य गोकुल बाँस्कोटाले सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच नयाँ गठबन्धन नबन्ने संकेत गरेका छन्।

सत्ता साझेदर नेपाली कांग्रेसले ठाउँठाउँमा ‘धोका’ दिएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग गठबन्धन गर्न लागेको भनेर चर्चा भइरहेका बेला प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता बाँस्कोटाले त्यो अनुमान गलत भएको दाबी गरेका हुन्।   

त्यसो त प्रधानमन्त्री प्रचण्डकै आग्रहमा कांग्रेस सभापति देउवा मन्त्रीहरू फेरबदल गर्न सहमत भएका छन्। गठबन्धन भत्किने डरले देउवा मन्त्री फेर्न सहमत भएको चर्चा भइरहेको छ। 

सोहीबीच एमाले नेता बाँस्कोटाले गठबन्धन एमालेको ‘ढोक्सा’मा नपर्ने देखिएको बताएका हुन्।

‘नेपालमा अनुमान गर्नै नसकिने तर मान्छेले अनुमान र चर्चा गरिरहने विषय मौसम र राजनीति हुन्। तर ती अनुमान प्रायःजसो मिल्दैनन्’, बाँस्कोटाले आइतबार बिहान ट्विट गरेका छन्, ‘किनभने ती दुवैको चक्रीय प्रणाली नेपालमा निर्माण नहुने भएर रहेछ। हिजो थोपो पानी परेन, व्यर्थै छाता बोकेँ। मान्छे टेलर्स जाऊॅं न भन्छन्। तर गठें ढोक्सामा पर्ने देखेन।’

एमाले नेताहरू वर्तमान सत्ता गठनबन्धनलाई ‘गठे’ भनेर कटाक्ष गर्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .