राजनीति


एमाले राष्ट्रिय सभाको प्रमुख सचेतकमा भगवती न्यौपाने

एमाले राष्ट्रिय सभाको प्रमुख सचेतकमा भगवती न्यौपाने

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८० आइतबार १३:१०, काठमाडौँ

नेकपा एमाले राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने नियुक्त भएकी छन्। 

एमाले अध्यक्ष एवम् संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। 

एमाले राष्ट्रियसभा दलका नेता देवेन्द्र दाहालका अनुसार न्यौपानेले सोमबारदेखि जिम्मेवारी सम्हाल्ने छिन्।

राष्ट्रियसभामा प्रमुख सचेतकले दलका नेतासँगको परामर्शमा सांसदहरुलाई ह्वीप जारी गर्ने, बैठकका विषय जानकारी दिने, पार्टीको धारणा जानकारी गराउने, बोल्न समय उपलब्ध गराउने आदि काम गर्नेछन्। 

संसद‍मा संसदीय मर्यादाभित्र नभएका कुरामा सचेत गराउने दायित्व पनि प्रमुख सचेतकको छ।

वर्तमान प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठको समयावधि आइतबारदेखिद सकिएको छ। उनको स्थानमा न्यौपानलेले जिम्मेवारी पाएकी हुन्।

राष्ट्रियसभामा ६ वर्षे कायकालको रुपमा प्रवेश गरेकी तनुहँकी न्यौपानेको अब दुई वर्ष पदावधि बाँकी छ।

उनी एमाले तनुहँको सचिव पनि भएकी छन्। न्यौपाने २०७४ को स्थानीय तहको निर्वाचनमा भानु नगरपालिकाको प्रमुख पदमा उठेकी थिइन्। 

न्यौपानेलाई एमालेले २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गरेर ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .