राजनीति


पुरानो गठबन्धनका सबै मन्त्री बिदा, नयाँ क्याबिनेट ४ सदस्यीय

पुरानो गठबन्धनका सबै मन्त्री बिदा, नयाँ क्याबिनेट ४ सदस्यीय

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १८:६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको पुरानो सात दलीय गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका छन्।

सोमबार नेकपा एमालेसहितको वाम दलहरूको गठबन्धनमा फर्किने निर्णयसँगै प्रचण्डले पुरानो गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका हुन्।

‘प्रधानमन्त्रीले पुरानो गठबन्धनका सबै मन्त्रीहरूलाई बिदा गर्नु भएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘अब सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु भएको छ।’

सोमबार शीतल निवासमा शपथ लिएका तीनजना मन्त्रीलाई पनि तत्कालै जिम्मेवारी दिइएको छैन। उनीहरूले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्।

तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए।

उता एमालेका पदम गिरी २०७९ पुसदेखि केबल ३२ दिन स्वास्थ्यमन्त्री भएका थिए। रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .