राजनीति


मन्त्रालय भागबन्डाको रस्साकस्सीबीच महायज्ञमा भाग लिन बागलुङ पुगे ओली

मन्त्रालय भागबन्डाको रस्साकस्सीबीच महायज्ञमा भाग लिन बागलुङ पुगे ओली

तस्बिर : सिर्जना


नेपालखबर
फागुन २३, २०८० बुधबार १५:१३, काठमाडौँ

सोमबार बनेको नयाँ सत्ता गठबन्धनका नेताहरू मन्त्रालय भागबन्डामा जुटिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बागलुङ पुगेका छन्।

एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन सफल भएपछि ओली हेलिकोप्टरमा सवार भएर बुधबार दिउँसो बागलुङ पुगेका हुन्।

उनी बागलुङ पुगेर ब्रमाण्डीय महायज्ञको समापन समारोहमा भाग लिनेछन्। बागलुङको पञ्चकोटमा उक्त महायज्ञ चलिरहेको छ।

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ अन्य दलका नेता पनि पुगेका थिए।

पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा यो महायज्ञ भएको हो। 

यता एमालेले २०७९ पुसमा बनेको गठबन्धनमा रहेका मन्त्रीहरूलाई नै दोहोर्‍याउने भएको छ। त्यसबेला परराष्ट्र मन्त्री बनेकी डा. बिमला पौड्याल राई राष्ट्रिय सभाको अवधि सकिएर बिदा भइसकेकी छन्।

त्यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि सरकारमा नजाने भएका छन्।

एमालेबाट धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वालाकुमारी शाह, बैतडीका दामोदार भण्डारी, सुनसरीकी भगवती चौधरी र सर्लाहीका हरिप्रसाद उप्रेतीलाई दोहोर्‍याउने भएको छ। 

उता बिमलाको स्थानमा कपिलवस्तु १ का सांसद बलराम अधिकारीलाई पठाइँदैछ। अघिल्लो पटक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुन नरहेका एमाले सचिव रघुवीर महासेठले अब पार्टीबाट सरकारको नेतृत्व गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .