राजनीति


गठबन्धन लामो समय जान्छ भन्ने सरकारमा बस्नेलाई नै विश्वास छैन : थापा

गठबन्धन लामो समय जान्छ भन्ने सरकारमा बस्नेलाई नै विश्वास छैन : थापा

नेपालखबर
फागुन २४, २०८० बिहिबार १९:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकुलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गर्नुभएको उनले बताए। उनले प्रधानमन्त्रीले जति ढाकछोप गरेपनि बेइमानीको ढाकछोप नहुने बताए। उनले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताए।

उनले भने, ‘सबै कुराहरुको वेवास्ता गरेर जसरी यो निर्णयमा उहाँ (प्रधानमन्त्री) पुग्नुभयो र जे जति कपोकल्पित कुराहरु प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरेपनि बेइमानी ढाकछोप हुँदैन। उहाँले शीर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ। पैताला छोप्न खोज्नुभयो भने शीर देखिन्छ। प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफुलाई पनि पुष्पकमल दाहालले अगाडी उभिएर बोलिराख्दाखेरी कुनैपनि बेला यसले धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाई महशुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरी। यो सरकार लामो जान्छ भन्नेकुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन।’

उनले अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनैपनि व्यक्ति मन्त्रीको रुपमा रहनु हुँदैन भने।

थापाले नेपाली कांग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिवद्ध रहेको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .