राजनीति


प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने, संसद्‌मा पत्राचार

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने, संसद्‌मा पत्राचार

नेपालखबर
फागुन २७, २०८० आइतबार २३:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते संसद्‌मा विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌्‌ सचिवालयलाई पत्राचार गरिसकेका छन्। उनले पत्रमा संविधानको धारा १०० उपधारा २ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन संसद्‌ सचिवालयसँग आग्रह गरेका छन्।

कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले एमालेसहित ५ दलको नयाँ गठबन्धन बनाएका छन्। एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको नयाँ गठबन्धन बनेको छ। यी पाँच दलसँग सुविधाजनक बहुमत छ। 

कांग्रेस, राप्रपालगायत दल बाहिर परेका छन्। नागरिक उन्मुक्ति पार्टीमा कुन कित्तामा उभिने भन्नेमा विवाद छ। जनमत पार्टी र नेमकिपाले पनि स्पष्ट पारेका छैनन्।

प्रचण्डले फागुन २१ गते कांग्रेसलाई सरकारबाट हटाएपछि फागुन २२ मा कांग्रेसले समर्थन फिर्ता लिएको थियो।

संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा वा सरकारमा सहभागी दल विभाजन भएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

गत वर्षको पुस ११ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। यसअघि गत वर्ष पुस २६ मा पहिलोपटक र चैत ६ मा दोस्रोपटक विश्वासको मत लिएका थिए।

उनले विश्वासको मत लिने भएपछि मन्त्रीहरुका विदेश भ्रमण रोकिएका छन्। माओवादी केन्द्रको संसद्‌ीय दलबाट ह्विप जारी गर्न लगाएका छन्। उनले सत्ता साझेदार दलहरूसँग छलफल पनि गरिरहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .