राजनीति


राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

तस्बिर : राष्ट्रपतिको कार्यालय


नेपालखबर
फागुन २९, २०८० मंगलबार १७:३५, काठमाडौँ

मंगलबार मात्रै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका हुन्। 

राष्ट्रपतिको कार्यालय महाराजगञ्‍जमा आयोजित एक समारोहबीच दाहालले शपथ लिँदा उच्च पदस्थ व्यक्तित्वहरू पनि उपस्थित थिए। 

राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलले साथ दिए।

दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत झरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .