राजनीति


संसद्‍को बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

संसद्‍को बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

नेपालखबर
फागुन ३०, २०८० बुधबार ११:१५, काठमाडौँ

प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिन लागेको विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बताएका छन्। अहिले समितिको बैठक संसद भवनमा बसिरहेको छ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा आज विश्वासको मत लिँदैछन्। सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक बसेको हो। 

बैठकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, संसद्मा रहेका विभिन्न दलका प्रमुख सचेतक÷सचेतकहरूको उपस्थिति छ।

सत्ता गठबन्धनमा हेरफर भएपछि गत १५ दिनको कार्यतालिका प्रभावित भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .