राजनीति


संसद्‍मा केपी ओलीले भने : मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन

संसद्‍मा केपी ओलीले भने : मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ३०, २०८० बुधबार १२:३०, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने आफ्नो इच्छा नभएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनका लागि बुधबार डाकिएको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

‘प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेका होइन्। मलाई प्रधानमन्त्रीको इच्छा पनि छैन। मेरो नाम पनि जोडिएको छ,’ उनले भने। 

उनले अखबारहरूमा १५/१५ महिनाको कार्यकाल बाँडेको भन्ने समाचार आएको भन्दै त्यसप्रति पनि आपत्ति जनाए।

‘मैले अखबारमा देखेँ, आज प्रधानमन्त्रीको कार्यकाल १५/१५ महिना बाँडेको बजारभरि देख्छु। यो सरकार परिवर्तन किन भएको, सहकार्य किन गरेको भन्ने कुराको गरिमालाई घटाएको छ, यस्ता खबरको अनुचित सम्प्रषेणले,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .