राजनीति


सहकारी ठगीमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्र दिपेशलाई कारबाही नगरे सडकमा उत्रिने कांग्रेसको चेतावनी

सहकारी ठगीमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्र दिपेशलाई कारबाही नगरे सडकमा उत्रिने कांग्रेसको चेतावनी

नेपालखबर
चैत १, २०८० बिहिबार १५:१, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन्।

बिहीवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन्।

उनले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको बिरुद्धमा जनताहरु सडकमा उत्रिने बताए। उनले देश भ्रष्टाचारी र तस्करीको नबनाउन आग्रह गरे।

उनले भने, ‘सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ। यदि यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ। त्यसप्रति निराश हुनेछन्। र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .