राजनीति


सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरियो : चित्रबहादुर केसी

सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरियो : चित्रबहादुर केसी

नेपालखबर
चैत ५, २०८० सोमबार १६:४०, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताएका छन्।

सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गरेको बिमस्टेक बडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने पस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरिएको बताए। उनले दक्षिण एसियामा शक्तिशाली संगठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने बताए।

उनले भने, ‘मैले के आशा गरेको थिएँ भने बिमस्टेक जन्मियो किन, सार्कलाई किन ओझेलमा किन पारियो, त्यतातिर हाम्रो परराष्ट्रमन्त्रीजीले केही जानकारी गराउनुहुन्छ कि भन्ने थियो। खाली बिमस्टेकको कुरा गरेर सिध्याइदिनुभयो। म निराश भएँ।’

केसीले थपे, ‘दक्षिण एसियामा हाम्रो सार्क हो नि, शक्तिशाली संगठन। यो बिमस्टेक किन खोल्नुपर्‍यो भन्दा भारत, चीनका अगाडि भाले हुन नसक्ने, पाकिस्तानसँग शत्रुतापूर्ण संघर्ष सधैँ। त्यसो भएकाले सार्क आन्दोलनलाई ओझेलमा पार्न यो भारतको योजना हो। बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै हो। सार्कलाई यो स्थितिमा पुर्‍याउनुको मुख्य कारण भारत नै हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .