राजनीति


रविले गृह नै रौज्नुपर्ने आफ्ना जालसाजी लुकाउन हो : चित्रबहादुर

रविले गृह नै रौज्नुपर्ने आफ्ना जालसाजी लुकाउन हो : चित्रबहादुर

नेपालखबर
चैत ७, २०८० बुधबार १८:२८, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन्।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा गृहमन्त्री बन्नसक्ने कोही नभेटेको हो ? भन्दै प्रश्न गरे।

उनले मुद्दा लागेको व्यक्तिलाई उपप्रधान एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताए।

उनले गृहमन्त्री रवि लामिछानेले आफ्ना जालसाझीहरु लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि बताए। उनले दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने बताए।

उनले भन्नुभयो, ‘यत्रो हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ, यो त विचित्रैको कुरा हो। यो मुलुकुमा त कोही पनि रैनछन्, गृहमन्त्री हुने मान्छे, माओवादीका लागि। एमालेभित्र पनि कोही रैनछन्। यो त वास्तवमा नेपाली जनतामाथि अपमान हो नि।’

उनले गृहमन्त्रीको गल्ती र कमजोरी रहेको कुरा हरेक नागरिकलाई जानकारी रहेको बताए। गृहमन्त्री लामिछानेले गृह मन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको बताए।

केसीले भने, ‘त्यस्तो मुद्दा लागेको मान्छे। दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ? गल्ती कमजोरी भएको छ, वर्तमान गृहमन्त्रीको। चौरासी तिक्डम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने। त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो। कसले बुझेको छैन यो कुरा। त्यस्ता गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ?’

उनले गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .